कैलालीमा सुत्केरी महिलाको रहस्यमय मृत्यु: देवरद्वारा सुनका लागि हत्या

  • नमस्ते कर्णाली

  • ८, असार २०८२
    कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एक सुत्केरी महिला रहस्यमय अवस्थामा मृत फेला परेकी छन्।
    १९ वर्षीया तुलसी नाथ शुक्रबार (असार ६ गते) बिहान आफ्नै घरको गेट नजिकको नालामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    १६ दिनअघि मात्रै सुत्केरी भएकी तुलसीको नवजात शिशु भने सकुशल रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरिएको भनाई प्रहरीको छ। मृतकको नाक र कानको सुन समेत निकालिएको अवस्थामा शव फेला परेको हुँदा परिवारका सदस्यहरूमाथि समेत शंका गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

    स्थानीय स्रोतहरूका अनुसार, मृतकका देवर नवीन नाथले सुनका लागि हत्या गरेको भन्ने कुरा बाहिरिएको छ। यद्यपि, प्रहरीले यसबारे पुष्टि गरिसकेको छ।

    घटनाले स्थानीयवासीहरूलाई स्तब्ध बनाएको छ। नवजात शिशु आमाविहीन बनेपछि समुदायमा दुःखद् शोकको वातावरण छाएको छ।

    घटनाको वास्तविकता पुष्टि गर्न प्रहरीले परिवारका सदस्यहरूसँग सोधपुछ र अन्य प्रमाण संकलनको कार्य अघि बढाएको जनाएको छ।

     

  • ८ असार २०८२, आईतवार ०५:४८ प्रकाशित

  • Nabintech