मुगु- मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु को आयोजनामा डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गरि लार्भानष्ट गरिने अभियान सञ्चालन भएको छ।
एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुनलागेको हो।
स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा.निर्मल नगरकोटीको अध्यक्षतामा एक कार्यक्रमका बिच सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि हरुको उपस्थितीमा कार्यक्रम सुरु भयको थियो।
छायानाथ रारा नगरपालिकाको गमगढी बजार क्षेत्र लगायत बिभिन्न बस्तिहरुमा लार्भा खोजी गरी नष्ट गर्नेअभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा.निर्मल नगरकोटीले बताए।
डेङ्गु भाइरस सार्ने लामखुट्टेका लार्भा नियन्त्रण गर्न नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीकोटोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो,बाल्टिन तथा ड्रम, गमला, टायरको पानीफाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गर्ने स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामकालागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यसमेत हुने उनले बताए।
डेङ्गु भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडालगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमापानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने डेङ्गु लगायतका किट जन्य रोगहरु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियानका कार्यक्रम संयोजक रोशन कुमार शाहले बताए।
डेङ्गु के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एकप्रजातीको लामखुट्टे हो, जुन प्राय गरेर कृतिम भण्डारण गरेर राखेका शुद्द पानीमा बस्छ । यसले प्राय दिनमा टोक्नेगर्छ । डेङगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेङ्गु खतरनाक हुँदैनन् । डेङ्गु कुनै साधारण लक्षणदेखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्यज्वरोको रुपमा हुन्छ । यो साधारण लक्षण हो । शरीरका जुनसुकै भागबाट रक्तश्राव बढी हुने, वीपी कम हुने हुन्छ। यस्तो देखिएमा असाधारण लक्षण हुन्छ र यसलाई जटिल मानिन्छ ।
यसको निर्मुल गर्ने उपचार भने हुँदैन । लक्षण अनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरु रोगसँग लड्नसक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरु रोगले यदि आक्रमण गर्यो भने झनझन जटिल बन्दै जान्छ । डेङगु संक्रमण एक किसिमको एडिज लामखुट्टेले गर्छ । हात मिलाउँदैमा, अंगालो मार्दैमा सँगै खाना खाँदैमा योभाइरस सर्दैन । संक्रमित भएको ब्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यहि लामखुट्टेले सामान्य ब्यक्तिलाईटोक्यो भने डेङगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाँउमा एडिज लामखुट्टे बढीसक्रिय हुने गर्दछ । यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमारक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाबकम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ । अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने भएपनि बेलैमाउपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।
कसरी बच्ने ?
सामान्यतयाः डेङ्गुबाट बच्न निम्नकुराहरुमा सावधानी अपनाउनुपर्छ
लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ,घर नजिक कुनै पनि झाडी राख्नुहुँदैन,लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ, पानी राखिएकोभाँडा बर्तन खुला छाड्नु हुँदैन, झ्याल ढोकामा जाली राख्नुपर्छ,शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ,सरसफाइमाध्यान दिनुपर्छ,आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाइ पनि सफा सुगर राख्न मद्दत गर्ने।