कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

  • नमस्ते कर्णाली

  • २०, असार २०८२
    सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान त्यस ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।
    प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”

     

  • २० असार २०८२, शुक्रबार १७:०३ प्रकाशित

  • Nabintech