नलगाडमा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी

  • नमस्ते कर्णाली

  • २५, असार २०८२
    जाजरकोट ।जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन बालबालिका बिरामी परेका छन्।

    मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका हुन्। छिमेकी नवराज शर्माका अनुसार उनीहरूले सालघारी जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाएका थिए।

    विषाक्त च्याउ सेवन गरेपछि अस्वस्थ बनेका बालबालिकाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिनुभयो।

    बर्खाको समयमा धेरै प्रकारका च्याउ उम्रिने भएकाले चिकित्सकहरूले नचिनिएको वा शंकास्पद च्याउ नखान सबैलाई सचेत रहन आग्रह गरेका छन्। यस्ता च्याउले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने खतरा रहने हुँदा सावधानी अपनाउन अनुरोध गरिएको छ।

     

  • २५ असार २०८२, बुधबार ११:४२ प्रकाशित

  • Nabintech