लुम्बिनीमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेद्वारा सपथ ग्रहण

  • नमस्ते कर्णाली

  • १३, साउन २०८२
    बुटवल।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।

    मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गर्नु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्नु भएको थियो । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्नु भएको हो ।

  • १४ श्रावण २०८२, मंगलवार ०७:१८ प्रकाशित

  • Nabintech