राप्ती सोनारीमा अपांगता भएका ४१ जनालाई कृत्रिम अंग र सहायक सामग्री वितरण

  • नमस्ते कर्णाली

  • २२, साउन २०८२

    बाँके। राप्ती सोनारी गाउँपालिकामा अपांगता भएका ४१ जना व्यक्तिहरूलाई कृत्रिम अंग तथा सहायक सामग्री वितरण गरिएको छ।

    गाउँपालिकाको आयोजनामा विकलाङ्ग मित्र समूह, अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा काभ्रे र लुम्बिनी प्रदेश पुनःस्थापना केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा उक्त सामग्री वितरण गरिएको हो।

    सामग्री हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममार्फत ११ वटा अर्थोसिस, १ वटा प्रोस्थेसिस र ७ वटा ह्वीलचेयर वितरण गरिएको जानकारी गराइएको छ।

    अध्यक्ष पौडेलले अपांगता भएका व्यक्तिहरूको संख्या गाउँपालिकामा उल्लेख्य रहेकाले प्राथमिकताका आधारमा पालैपालो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले अपांगता भएका व्यक्तिहरूको जीवन सहज, सम्मानजनक र आत्मनिर्भर बनाउन गाउँपालिका निरन्तर प्रयासरत रहेको पनि बताउनुभयो।

  • २३ श्रावण २०८२, बिहीबार ०९:३९ प्रकाशित

  • Nabintech