सकारात्मक सोच र आध्यात्मिक ज्ञानले समाज रूपान्तरण सम्भव : मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • २४, साउन २०८२।
    बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक साेच र आध्यात्मिक ज्ञानले समाज रुपान्तरण सम्भव रहेकाे बताउनु भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय बुटवलमा शनिबार आयोजित रक्षा बन्धन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक चिन्तनले नै समाजलाई गतिशील बनाउने विश्वास व्यक्त गर्नु भएको हाे ।`समाजमा सकारात्मक सोच विस्तार गर्न आध्यात्मिक ज्ञान अनिवार्य छ । यस क्षेत्रमा तपाईंहरूको योगदान महत्वपूर्ण रहेको मैले महसुस गरेको छु´उहाँले भन्नुभयाे-` समाज रूपान्तरणका लागि सकारात्मक सोच र आदर्श व्यवहार अपरिहार्य छ ।´

    ज्ञान र आध्यात्मिक चिन्तनले मानिसमा सकारात्मक सोच र आदर्श व्यवहारको विकास गराउँने भएकाले यस्ता उत्सव र कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने भएकाले सहभागिता बढाउन आवश्यक रहेको भनाइ उहाँकाे छ ।

    यस्तै धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा मुख्यमन्त्री आचार्यले शुभकामना व्यक्त गर्दै धार्मिक संस्कारसँगै पारिवारिक सम्बन्ध बलियो बनाउने पर्वका रूपमा उल्लेख गर्नु भएको छ ।

    लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धनमार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको बताउनु भएको हाे ।

  • २५ श्रावण २०८२, शनिबार १०:१६ प्रकाशित

  • Nabintech