प्राकृतिक सन्तुलन राख्न मौरी पाल्न आवश्यक : मन्त्री शाह

  • नमस्ते कर्णाली

  • २, माघ २०८२

    सुर्खेत ।कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मौरी महका लागि मात्रै नभएर प्राकृतिकलाई सन्तुलन राख्न पनि पाल्न आवश्यक रहेको बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा दोस्रो प्रादेशिक मह महोत्सव–२०८२ मा बोल्दै मन्त्री शाहले सबैले मौरी पाल्नुपर्ने बताएका हुन् ।

    ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्धनमा युवा सहभागिता’ नाराका साथ माघ १ गते बिहीबार सुरुभएको उक्त महोत्सबमा मन्त्री शाहले ७५ प्रतिशत बोटविरुवामा परागसेचन गराउँनमा मौरीले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । उनले भने, ‘मौरीले ७५ प्रतिशत बोटविरुवामा हुने परागसेचनमा सहयोग गरेको हुन्छ । यदी त्यसो नभएको खण्डमा फल पनि नलाग्न सक्छ ।’

    मन्त्री शाहले पछिल्लो समयमा मानिसहरुका दैनिक क्रियाकलापहरुले मौरीको अस्तित्व संकटमा पर्ने खतरा बढेको औलाए । ‘हाम्रा क्रियाकलापले मौरीलाई तर्साएको अवरस्था छ । सडक निर्माण गर्दा आउने धुलोधुँवा, बारीमा छर्किने बिषादी लगायतका मानवीय क्रियाकलापका कारण मौरीको सामान्य जीवनशैलीमा गम्भीर असर पुर्याएको छ’ मन्त्री शाहले भने ।

    उनले पृथ्वीमा मौरीको अस्तित्व नरहेपछि मानव जीवनको पनि अन्त्य हुनसक्ने दाबी गरे । मन्त्री शाहले हिजोको समयमा जताजतै पाइने मौरी आजभोली कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

    यस्तै, कर्णाली प्रदेश मौरीपालन तथा मह उत्पादनका दृष्टिले उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा क्रमशः स्थापित हुँदै गएको बताए ।

    मन्त्री शाहले कर्णाली प्रदेश जैविक विविधताको दृष्टिले देशकै एक महत्वपूर्ण र समृद्ध प्रदेश बताए । उनले भने, ‘यस प्रदेशमा नेपालमा पाइने प्रजातिका चराचुरुङ्गी, स्तनधारी जीव, पुतली विभिन्न प्रजातिहरु तथा फूल फुल्ने वनस्पतिका विभिन्न प्रजातिहरु उपलब्ध रहेका छन् । प्रदेशको आधाभन्दा बढी भू–भाग प्राकृतिक वनस्पतिवाट ढाकिएको छ, जसले यहाँको जैविक सन्तुलन, पारिस्थितिक सेवा तथा कृषि प्रणालीलाई मजबुत बनाएको छ । यस्तै, माघ १ गते बिहीबारदेखि सुरु भएको महोत्सब माघ ३ गतेसम्म सञ्चालन हुने छ ।

  • ३ माघ २०८२, शुक्रबार १४:४१ प्रकाशित

  • Nabintech