नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा शाही चयन 

  • नमस्ते कर्णाली

  • ४, माघ २०८२
    सुर्खेत ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो ।
    दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको आधारमा शाहीलाई दलको नेतामा चयन भएका हुन् । दलको नेताका लागि शुक्रबारको बैठमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि दाबी परेका थिए । तर शनिबारको बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेका थिए ।
    तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता थिए । गत मंसिर १७ गते दलको नेताबाट राजनीतामा दिए उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रीक पार्टीमा लागेका थिए ।

  • ५ माघ २०८२, आईतवार १३:०७ प्रकाशित

  • Nabintech