बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु 

  • नमस्ते कर्णाली

  • ८,माघ २०८२
    बाँके । बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । यस पटकको यो अभियान बाँकेमा १६औँ शृङ्खला हो । बाँकेका तीन पालिका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा औषधि खुवाइँदै छ ।

    नेपालगन्जमा आज आयोजित संचारकर्मीहरुसंगको छलफल कार्यक्रममा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमबारे जानकारी दिइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम कुमार महतोले हात्तीपाइले रोगको जोखिम र औषधि सेवनको महत्व र आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
    स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले सबैले दृढ सङ्कल्पका साथ यो अभियानमा प्रतिबद्ध भई हातेमालो गरेमा सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अभियानको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

  • ९ माघ २०८२, बिहीबार १२:०३ प्रकाशित

  • Nabintech