वसन्तपञ्चमीको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

  • नमस्ते कर्णाली

  • ९, माघ २०८२
    बाँके ।लुम्बिनी प्रदेश सरकारले आज वसन्तपञ्चमी (श्रीपञ्चमी) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार आजका दिन प्रदेश सरकारअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शैक्षिक संस्थाहरूमा बिदा दिइएको हो।
    प्रदेश सरकारद्वारा २०८१ चैत २१ गते प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक सूचनाअनुसार वसन्तपञ्चमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो। सोही निर्णय बमोजिम आज प्रदेशभर बिदा कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ।
    वसन्तपञ्चमीलाई ज्ञान, कला र संस्कृतिको पर्वका रूपमा मनाइन्छ। यस दिन सरस्वती पूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्।

  • १० माघ २०८२, शुक्रबार ०८:०५ प्रकाशित

  • Nabintech