फागुन २१ को निर्वाचन लाई लक्षित गर्दै बालेन शाह जुम्ला आउदै

  • नमस्ते कर्णाली

  • १६, माघ २०८२

    जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज जुम्ला आउने भएका छन । चुनावी प्रचार अभियान अन्तर्गत शाह शुक्रबार साँझ जुम्ला पुग्ने कार्यक्रम तय भएको छ ।

    बालेन लाई स्वागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाको टोली अहिले कालिकोटमा प्रस्थान भएको जनाइएको छ । जुम्ला आगमन पछि शाहले जिल्लाको धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित चन्दननाथ मन्दिरमा दर्शन गर्नेछन । त्यसपछि उनले पातारासी क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    रास्वपाका जिल्ला सभापति मक्कर भण्डारीका अनुसार बालेन शाहको आगमनले जुम्लामा पार्टीको चुनावी गतिविधि थप सक्रिय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । उनका अनुसार शाहले स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण सँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र दृष्टिकोणबारे जानकारी दिनेछन ।

    शाहको जुम्ला आगमनलाई लिएर जिल्लामा रास्वपाका नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन । उनीहरू निर्वाचनको तयारीलाई थप मजबुत बनाउँदै प्रचार अभियानलाई तीव्र पार्ने तयारीमा जुटेका छन ।

  • १७ माघ २०८२, शुक्रबार १३:०२ प्रकाशित

  • Nabintech