हालसम्म हुम्लामा ८६६ अस्थायी मतदाता कायम

  • नमस्ते कर्णाली

  • २५, माघ २०८२

    हुम्ला ।फागुन २१ गते हुने प्रतिनिधिसभा सददस्य निर्वाचनका लागि ८६६ जना अस्थायी मतदाता कायम भएकाे छ। माघ १४ गतेदेखि बुधबारसम्म सङ्कलन गरिएको अस्थायी मतदाताको सङ्या यति पुगेको हो।

    एक हप्तायता सङ्कलन गरिएको अस्थायी मतदाता सङ्ख्या ८६६ पुगेको जिल्ला निर्वाचन कार्यालय कम्प्युटर अप्रेटर जगदीश शाहीले बताए। यसमा कार्यालयले अस्थायी मतदाताका रुपमा नाम सङ्कलन गरिएकाहरुमा निजमती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र कैदी बन्दी रहनु भएको छ।

    माघ २४ गतेसम्म अस्थायी मतदाता नामावली संङ्कलन गर्ने मिति भएको कारण थप छिटफुटलाई पनि आफ्नो नाम दर्ता गराउनु कार्यालय आग्रह गरेको छ। त्यसैगरि निर्वाचनमा खटिएका निर्वाचन प्रहरीको सन्दर्भमा पनि एकिन नभई सकेकोले अस्थायी मतदाता सङ्ख्या बृद्धि हुने देखिएको उनले बताए। अस्थायी मतदाता प्रहरी ५९५ जना हुनुहुन्छ।

  • २६ माघ २०८२, आईतवार ०७:५२ प्रकाशित

  • Nabintech