२, फाल्गुन २०८२
कर्णाली ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट पहिलो पटक सांसद बनेकी जुम्लाकी विनिता कठायत यसपटक प्रत्यक्ष निर्वाचनमार्फत पुनः संसद यात्रा तय गर्ने अभियानमा जुटेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यतिबेला जुम्लामा घरदैलो कार्यक्रम गर्दैछिन्।
गत निर्वाचनमा रास्वपाले कर्णालीमा प्रत्यक्षतर्फ १० हजार ५८८ र समानुपातिकतर्फ २० हजार १६७ मत प्राप्त गरेको थियो। सञ्चारकर्म छाडेर राजनीतिमा प्रवेश गरेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको पार्टीबाट विनिता समानुपातिक सांसद बनेकी थिइन्। राजनीतिक अनुभव न्यून रहँदै सांसद बनेकी उनी यसपटक भने प्रत्यक्षतर्फ नौ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा छिन्।
जुम्लामा कडा प्रतिस्पर्धा
एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा विनिताका मुख्य प्रतिस्पर्धी पुराना दलहरू नै छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारहरू सशक्त संगठनसहित मैदानमा छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही पनि बलियो चुनौतीका रूपमा उभिएका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै विजयी भएका शाहीसँगको प्रतिस्पर्धा विनिताका लागि थप दबाबको विषय बनेको छ। चुनावी प्रचारका क्रममा पार्टी चिन्हबारे फैलिएको भ्रमका विषयमा विनिताले पत्रकार सम्मेलन नै गर्नुपरेको थियो।
२०७९ को मतपरिणामअनुसार जुम्लामा एमालेले १०,५४८ र कांग्रेसले १०,४७६ मत प्राप्त गरेका थिए। माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त मत ८,९६० थियो भने राप्रपाले ५,७९६ मत पाएको थियो। त्यही निर्वाचनमा रास्वपाले जुम्लाबाट समानुपातिकतर्फ जम्मा ८९९ मत प्राप्त गरेको थियो, जसले संगठनात्मक रूपमा पार्टी कमजोर रहेको संकेत गर्छ।
यद्यपि, विनिता महिला नेतृत्वको मुद्दा उठाउँदै मत मागिरहेकी छन्। पितृसत्तात्मक संरचनाबीच महिला उम्मेदवारको रूपमा आफू आत्मविश्वासका साथ उभिएको सन्देश उनी मतदातासमक्ष राख्दैछिन्। मन्दिर दर्शनदेखि बस्ती–बस्ती पुगेर आशीर्वाद लिने अभियानलाई उनले तीव्र बनाएकी छन्।
जुम्लाबाट रास्वपाकी विनिता कठायतसँगै राप्रपाका ज्ञानबहादुर शाही, एमालेका शान्तिलाल महत, कांग्रेसका दीपबहादुर शाही, माओवादी केन्द्रका नरेश भण्डारीलगायत विभिन्न दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
हुम्लामा टाँसी ल्हान्जोमको चुनौती
हुम्लाको एक मात्र निर्वाचन क्षेत्रबाट रास्वपाले टाँसी ल्हान्जोमलाई उम्मेदवार बनाएको छ। नाम्खा गाउँपालिका–६, लिमी निवासी ल्हान्जोम यसअघि समानुपातिक सूचीमा रहे पनि अन्तिम समयमा प्रत्यक्षतर्फ उम्मेदवार बनाइएकी हुन्।
गत निर्वाचनमा हुम्लाबाट रास्वपाले प्रत्यक्ष उम्मेदवार उठाएको थिएन। समानुपातिकतर्फ भने पार्टीले १७१ मत मात्र प्राप्त गरेको थियो। त्यही निर्वाचनमा कांग्रेसले ८,१९२, माओवादी केन्द्रले ७,३६३ र एमालेले ५,९०७ मत पाएका थिए।
यसपटक हुम्लामा कांग्रेसबाट जयपति रोकाया, माओवादी केन्द्रबाट डा. दीपेन्द्र रोकाया, एमालेबाट दल फडेरा, राप्रपाबाट छक्क बुढालगायत उम्मेदवार चुनावी मैदानमा छन्। पुराना दलहरूको संगठनात्मक बलका कारण टाँसीलाई जित हासिल गर्न चुनौतीपूर्ण देखिएको छ।
टाँसीले भने हुम्लाको दीर्घकालीन उपेक्षा, महिला र आदिवासी जनजातिको प्रतिनिधित्व तथा नयाँ पुस्ताको नेतृत्वको मुद्दा उठाउँदै मत मागिरहेकी छन्। “हुम्ला र महिलालाई राज्यले पछाडि पारेको छ, अब सदनमा हाम्रो आवाज पुग्नुपर्छ,” भन्ने सन्देशसहित उनी सर्केगाडसहित विभिन्न गाउँपालिकामा चुनावी अभियानमा सक्रिय छिन्।
कर्णालीमा रास्वपाको वास्तविक परीक्षा
सुर्खेत बाहेक कर्णालीका पहाडी तथा हिमाली जिल्लामा रास्वपाको उपस्थिति कमजोर देखिएको विगतको मतपरिणामले संकेत गर्छ। त्यसैले जुम्ला र हुम्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनु पार्टीका लागि राजनीतिक परीक्षण जस्तै बनेको छ।
विनिता र टाँसी दुवै महिला उम्मेदवार भएकाले उनीहरूको उम्मेदवारीलाई लैंगिक प्रतिनिधित्वका दृष्टिले अर्थपूर्ण मानिएको छ। तर, बलिया संगठनसहित मैदानमा उत्रिएका पुराना दलहरूसँगको प्रतिस्पर्धाले यसपटक कर्णालीमा रास्वपाको शक्ति सन्तुलन स्पष्ट पार्ने










