कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै

  • नमस्ते कर्णाली

  • ५, फाल्गुन २०८२
    बाँके ।फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का कमरुद्दिन राईप्रति जनलहर दिनदिनै बढ्दै गएको देखिन्छ । गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको छ ।

    नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर मैदानमा उत्रिएकाले पनि कमरुद्दिनको चर्चा बढी छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का स्थानीय नेता तथा समाजसेवीहरुका अनुसार यसपटकको निर्वाचनमा कमरुद्दिनप्रति आम मतदाताको उत्साह उल्लेख्य रुपमा बढेको छ । “हामीले धेरै वर्षदेखि परिवर्तनको कुरा सुन्दै आएका छौं, तर अब त्यो व्यवहारमा देख्न चाहन्छौं,” स्थानीय अगुवाले बताए । उनका अनुसार कमरुद्दिन राई इमान्दार, जनतासँग नजिक रहने र आफ्ना वाचा पूरा गर्ने प्रतिबद्धता राख्ने नेता हुन् । त्यसैले पनि स्थानीय स्तरमा उनलाई जिताउन जनतामा एक प्रकारको सकारात्मक लहर देखिएको छ । बाँके क्षेत्र नं. २ मा विशेषगरी मधेशी तथा मुस्लिम समुदायको ठूलो उपस्थिति छ । यी समुदायका मुद्दा, अधिकार र पहिचानलाई राज्यका मूलधारमा स्थापित गर्न सक्ने नेतृत्व आवश्यक भएको स्थानीय बासिन्दाको भनाइ छ । कमरुद्दिन राईले विगतदेखि नै सामाजिक सद्भाव, समावेशिता र समान अधिकारका पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै स्थानीयले भने, “हाम्रो पहिचान र अधिकारको सवालमा अब सम्झौता होइन, सशक्त प्रतिनिधित्व चाहिन्छ ।” उनीहरुका अनुसार जसपा र कमरुद्दिन राईले यही आवाजलाई प्रतिनिधित्व गर्न सक्छन् । कमरुद्दिनले घर–घर पुगेर मतदाताका गुनासा सुन्ने, उनीहरुको दैनिकी बुझ्ने र आफ्ना योजनाबारे जानकारी दिने गर्दै आएका छन् । घरदैलोका क्रममा कमरुद्दिन राईले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार र सामाजिक न्यायजस्ता विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउने गरेका छन् ।

  • ५ फाल्गुन २०८२, मंगलवार १७:३९ प्रकाशित

  • Nabintech