लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन प्रहरीको फायर 

  • नमस्ते कर्णाली

  • ६, फाल्गुन २०८२

    सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । गएराति जिल्लाको वीरेन्द्रनगर नगरपालिका–८, मा लागुऔषध कारोवार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले हवाई फायर गरेर घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेमा जिल्लाको चिङ्गाड गाउँपालिका–४, ठेगाना भएका ४७ वर्षीय ललित चन्द छन् ।

    ‘शंकास्पद अवस्थामा फेला परेका चन्दलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषध ब्राउनसुगरसहित भाग्न खोजेपछि बल प्रयोग स्वरुप एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता बुढथापाले भने । उनको साथबाट शुद्ध ३७ ग्राम सात सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी थप अनुसन्धान थालिएको उनले बताए ।

  • ६ फाल्गुन २०८२, बुधबार १४:५९ प्रकाशित

  • Nabintech