२ करोड बढी लागतमा बनेको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

हिमाली गाउँपालिकाको धुलाचौरमा आधुनिक मापदण्डसहितको स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा


  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाको हिमाली गाउँपालिका-६ अन्तर्गत पर्ने धुलाचौरमा करिब २ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन उद्घाटन गरिएको छ ।
    २०८२ साल चैत्र १ गते आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले उक्त स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गर्नुभएको हो । आधुनिक मापदण्डअनुसार निर्माण गरिएको उक्त भवनबाट अब स्थानीय बासिन्दाले व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
    कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    नयाँ भवन निर्माण भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दाले सहज रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ। यसअघि सीमित संरचना र स्रोतसाधनका कारण सेवा प्रवाहमा केही कठिनाइ हुँदै आएको स्थानीयवासी बताउँछन् । अब आधुनिक मापदण्डसहितको भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
    उद्घाटन कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, स्थानीय सरोकारवाला, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विकास हुनु सकारात्मक कदम भएको बताएका छन् । धुलाचौर क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको उक्त स्वास्थ्य सेवा केन्द्रबाट मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप सेवा, सामान्य उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिने जनाइएको छ ।

    हिमालि गाउपालिका तथा आसपासका क्षेत्रका नागरिक लाई लक्षित गरि ……

  • २ चैत्र २०८२, सोमबार ०९:०५ प्रकाशित

  • Nabintech