१५, चैत २०८२
बाँके ।बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ ।
डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा नेपालगन्जमा शुक्रबारदेखि शुरु भएको कार्यशालामा सहभागी युवाहरुलाई डिजिटल प्रविधीको ज्ञान, सिप र त्यसको प्रयोगका बारेमा जानकारी गराइने छ ।
कार्यशालामा संबैधानिक कानूनी अधिकार, आधारभुत डिजिटल साक्षरता, डिजिटल विभाजन, डिजिटल सुरक्षा, नागरिक प्रविधी उपकरण, वकालतका लागि सामाजिक सञ्जाल, विषयबस्तुको पहिचान तथा उत्पादन लगायतका विषयमा जानकारी गराइने छ । कार्यशालामा अधिबक्ता विश्वजित तिवारी, रामु वली, राम प्रसाद आचार्य र राकेशकुमार मिश्रले सहजीकरण गर्नुहुनेछ ।
कार्यशाला पश्चात युवाहरुले सार्वजनिक सरोकारको विषय बस्तुको उत्पादन गरी सामाजिक सञ्जाल तथा वेभसाइटमा प्रकाशन गरिनेछ भने समुदायमा उत्पादित विषय बस्तुहरुका बारेमा अनलाइन भर्चुअल माध्यममार्फत नागरिक संवाद गरिनेछ ।
कार्यशालामा बाँकेका करिब ३ दर्जन युवा युवतीहरुको सहभागिता रहेको छ ।










