खजुरामा अन्तराष्ट्रिय स्तरको ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै, प्रथमलाई ७ लाख पुरस्कार

  • नमस्ते कर्णाली

  • १७, चैत २०८२

    बाँके । बाँकेको खजुरामा पहिलो अन्तर्राष्ट्रिय स्तरको गोल्ड कप प्रतियोगिता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकमा प्रथम खजुरा गोल्ड कप सञ्चालन २०८२ हुने भएको हो ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ यही चैत्र ३० गतेबाट सञ्चालन हुने गोल्ड कपको तयारी तिब्र पारिएको आयोजक न्यू डाँफे स्पोर्टस् क्लवले जनाएको छ । गोल्ड कपको तयारी सम्बन्धमा सोमवार खजुरामा पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्ड कपमा २ वटा विदेशी टिम सहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको क्लवका अध्यक्ष बालाराम खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।उहाँका अनुसार गोल्ड कपमा संकटा क्लव काठमाडौं, एपीएफ क्लव, चर्च ब्वाईज क्लव काठमाडौं, नाइजेरियन जोन क्लव, नाइजेरिया, लखनउ साहारा क्लव भारत, गोरखा ब्वाईज स्पोर्टस् क्लव बुटवल, कांक्रेबिहार स्पोर्टस् क्लव सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्टस् क्लवको सहभागिता रहने छ ।

    प्रतियोगितामा प्रथम हुनेले ७ लाख, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ४ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खत्रीले बताउनुभयो । सर्वोकृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । अध्यक्ष खत्रीले गोल्ड कप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताउनुभयो । खजुरा गाँउपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका डी गाँउका स्थानीय लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफ सीका संचालक अंकित थापाबाट ७ लाख श्रोत सुनिश्चित भएको र बाँके आयोजकको आन्तरिक श्रोतबाट जुटाइने अध्यक्ष खत्रीले बताउनुभयो ।गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताउनुभयो । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले खजुरा आउने देश विदेशका खेलाडीहरुले बर्दियाको ठाकुरद्धारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिनुभयो । प्रतियोगिता खजुरा स्थित मिनी रङ्गशालाको फुटबल ग्राउण्डमा सञ्चालन हुने छ ।

  • १७ चैत्र २०८२, मंगलवार १४:२१ प्रकाशित

  • Nabintech