२८, साउन २०८२
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा. पुजन रोकाया नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार रोकायालाई नियुक्त गरिएको हो।
विगत १२ वर्षदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत रोकाया यसअघि प्रतिष्ठानको अस्पताल निर्देशकको भूमिकामा रहेका थिए।
उपकुलपति पदका लागि प्रा.डा. डबल बहादुर धामी र प्रा.डा. सूर्यमान म्याङयाङ्गो पनि छानोटमा परेका थिए।