वेस्टर्न सेकन्डरी स्कुल द्वारा स्वागत तथा अभिमुखीकरण तालिम सम्पन्न(फाेटाेफिचर)

Western College of Business Studies BBA सञ्चालनमा


  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर–५ स्थित वेस्टर्न सेकन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका बिद्यार्थीका लागी शुक्रबार एक दिवसीय अभिमुखीकरण (Orientation) तालिम सम्पन्न गरेको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थी र अभिभावकलाई विद्यालयको नियमावली, शैक्षिक नीति तथा आगामी शैक्षिक कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले नमस्ते कर्णाली राष्ट्रिय दैनिकलाई जानकारी दिनुभयो ।

    अभिमुखीकरण तालिमको प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले नयाँ पुस्तालाई गुणस्तरीय शिक्षा दिन विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अपरिहार्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, “शिक्षा केवल किताबको ज्ञानमा सीमित हुनुहुँदैन, यसले अनुशासन, जिम्मेवारी र सामाजिक चेतना पनि विकास गर्नुपर्छ।“ साथै उहाँले वेस्टर्न सेकन्डरी स्कुलले शिक्षाको स्तर उकास्न गरिरहेको प्रयासको प्रशंसा गर्दै यस्ता तालिमले विद्यार्थीलाई आत्मविश्वासी र उद्देश्यप्रति स्पष्ट बनाउनेमा विश्वास व्यक्त गर्नु भयो ।


    अभिमुखीकरण तालिममा वेस्टर्न सेकन्डरी स्कुलका संस्थापक कुबेर बस्नेतले वेस्टर्न सेकन्डरी स्कुले विद्यालय स्थापना देखिनै गुणस्तरीय, व्यवहारिक र चरित्र निर्माणमूलक शिक्षालाई प्राथमिकता दिइएको बताउनु भयो । उहाँले भन्नुभयो, “विद्यालय केवल पढाइको केन्द्र मात्र होइन, यो विद्यार्थीको जीवन दृष्टिकोण र व्यक्तित्व निर्माणको आधार हो।“ साथै उहाँले अभिभावक र शिक्षकबीचको घनिष्ठ सहकार्यले मात्र उत्कृष्ट शैक्षिक परिणाम दिन सक्ने उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीलाई नयाँ वातावरणमा सहज बनाउनेमा विश्वास व्यक्त गर्नु भयो।


    वेस्टर्न सेकन्डरी स्कुलका प्रिन्सिपल उमेश श्रेष्ठले अभिमुखीकरण तालिममा विद्यार्थीको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, अनुशासन र आत्मविश्वास अपरिहार्य भएको बताउनुभयो। उहाँले विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक सीप र नेतृत्व क्षमता विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    अभिमुखीकरण तालिमका प्रशिक्षक रवि किरणले विद्यार्थीहरूलाई नयाँ वातावरणमा सहज बनाउन, आत्मविश्वास बढाउन र अध्ययनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनु भयो ।
    कार्यक्रमको सुरुवात प्रमुख अतिथी कोहलपुर नगरपालिका वडा नं–५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। त्यसपछि प्रमुख अतिथी, विशिष्ट अतिथी र अन्य पाहुनाहरूले नव–आगन्तुक विद्यार्थीहरूलाई खादा लगाएर स्वागत तथा सम्मान गर्नु भएको थियो ।


    बाँकेको कोहलपुर–५ स्थित वेस्टर्न सेकन्डरी स्कुलमा स्नातक तहको द्यद्यब् संकाय पनि सञ्चालनमा आएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत आधुनिक पाठ्यक्रम, अनुभवी शिक्षक, र व्यवहारिक अध्ययनका अवसर उपलब्ध गराइने छ ।
    कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा विद्यालयको शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप, परीक्षा प्रणाली र अनुशासन सम्बन्धी विषयमा विस्तृत प्रस्तुति दिइएको थियो। साथै, विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्यको महत्त्वबारे छलफल गरिएको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अधिकृत गोपाल के.सी., विद्यालयका समन्वयकर्ता राजु दहाल, विभिन्न शैक्षिक व्यक्तित्वहरू, शिक्षक–अभिभावक पत्रकार तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

     

  • ३१ श्रावण २०८२, शुक्रबार २०:४८ प्रकाशित

  • Nabintech