कोहलपुर नगरपालिकाको तीज कार्यक्रममा महिलामुखी निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • नमस्ते कर्णाली

  • ८, भदौ २०८२
    बाँके ।कोहलपुर नगरपालिकाले तीजको अवसरमा महिलाहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ।

    नगर प्रमुख (कार्यबाहक) संगिता सुवेदीका अनुसार तीजमा खानपान बढी हुने भएकाले त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भन्दै कार्यक्रम स्थलमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो।

    स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मी टोलीले रक्तचाप, सुगर तथा ज्वरोको जाँच गरेको थियो। कुल १९६ जनाको स्वास्थ्य परीक्षण गरिएको मध्ये १३५ जनाको सुगर जाँच गरिएको र ८ जनामा सुगर पोजेटिभ देखिएको नगर अस्पतालका प्रयोगशालाकर्मी दिपक शर्माले जानकारी दिए।

    कार्यक्रममा नगर अस्पतालकी नर्सिङ नमुना पाण्डे, वडा नं. १ का आधारभूत स्वास्थ्य केन्द्रका कृष्णा खड्का लगायतका स्वास्थ्यकर्मीहरूले सक्रिय सहभागिता जनाएका थिए।

    यसरी तीज मिलन कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरूलाई स्वास्थ्य सचेतना र प्रत्यक्ष सुविधा दिई नगरपालिकाले महिलामुखी कार्यक्रमलाई अझ सशक्त बनाएको छ।

     

  • ८ भाद्र २०८२, आईतवार ०९:४१ प्रकाशित

  • Nabintech