रुकुमेली सेवा समाज कोहलपुर नगरकार्य समितिले आफ्नो दोस्रो वार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री कृष्ण के सि नमूनाले समाजले गरेको गतिविधिमा आफ्नो सहयोग गर्ने वताईन । उनले रुकुमेली सेवा समाज कोहलपुर नगरकार्य समितिले रुकुमको डिग्रेसाई कुमारी मन्दीरको तस्बिरमा फुल चढाएर स्वस्ती वाचन सहित उदघाटन गर्नु नौलो भएको जानकारी गराईन । उनले आफू रुकुमकी चेली भएकोले समाजमा आई पर्ने हरेक समस्यामा आफ्नो साथ हुने वताईन । उनले आफू दुई दुई पटक जनप्रतिनिधि भएकोले आफ्नो सहयोग हुने वताईन ।
कार्यक्रम बोल्दै विशिस्ट अतिथि कोहलपुर नगरपालिका वडा मं १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले रुकुम जिल्लाबाट कोहलपुरमा आई आफ्नो जन्म स्थानको झल्को दिने मात्र होइन सामीप्यता, सद्भभाव र सहिष्णुता हुनुपर्नेमा जोड दिए । आफू कोहलपुरमा बसेर आम जनताको सेवा गर्ने अवसर पाएकोले समाजका गतिविधिमा आफ्नो पुर्ण साथ रहने वताए । उनले आफू जनप्रतिनिधि भएर समाजका विविध समस्यामा आफ्नो साथ र सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै रुकुमेली सेवा समाज कोहलपुर नगरकार्य समितिका अध्यक्ष प्रताप देवकोटाले रुकिमेली आम दाजुभाइ तथा दिदी बहिनीको घरमा गएर सुख, दु:खमा मलिम पट्री लगाउने काम गरेको वताए । उनले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रुकुमेली सेवा समाज लाई आर्थिक, भौतिक रसांगठनिक रूपमा साथ र सहयोग गर्ने लाई धन्यवाद व्यक्त गरे । उनले गत वर्षपनि तिज मिलन कार्यक्रम गरेको, ६ जना रुकुमेली सेवा समाजका सदस्यहरुको मृत्यु समेत भएकोले दुख व्यक्त गर्दै ती घरमा समाज पुगेको जानकार दिए ।
कार्यक्रम बोल्दै वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले जन्म थलो, कर्मथलो शिक्षाको थलो, व्यापारको थलो, जागीरको थलो बनाइ बांक्व जिल्लाका आठै वटा स्थानीय पालिकामा बसोबास गर्ने कार्यक्रम सबै रुकुमेली सदस्यहरु बिच आपसी सद्भाव, मेलमिलाप, आत्मीयएता र सहयोगको भावना हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामाजिक अभियन्ता भुम भन्डारी, शिक्षाप्रमी बाल कुमार शर्मा, खेलप्रेमी टिकाराम आचार्य, जिल्ला सहकारी संघ बांकेकी उपाध्यक्ष जानकी पुन लगायतले कार्यक्रम लाई सम्बोधन गरेका थिए ।
कार्यसमितिकि कोषाध्यक्ष शारदा खतिवडाको आर्थिक प्रतिवेदन तथा अध्यक्ष प्रताप देवकोटाको सांगठनिक प्रतिवेदन सभाले पास गरेको कार्यसमिति सदस्य भिम बहादुर परियारले जानकारी दिए । साथै उक्त समाजले हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसरमा ५०० बढी लाई तिजको दर समेत खुवाउने काम गरेको छ । कार्यक्रममा रुकुमको झल्को दिने बैजनाथ गाभरको परम्परागत सिङारु नाच, मौलिक तिज गित र नाच लगायत सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको अध्यक्ष देवकोटाले जानकारी दिए ।
प्रताप देवकोटाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण मधु खड्काले गरेकी थिन ।