मुगु, भदौ ८
मुगु जिल्लाको सोरु गाउँपालिका- ७ तारापानीमा आयोजित मातृ-शिशु स्वास्थ्य सम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता सम्पन्न भएको छ।
उक्त कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन्न भएको हो। स्वास्थ्य सचेतनाका सन्देशहरू लाई सांस्कृतिक माध्यमबाट समुदायसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सात वटा स्वास्थ्ये आमा समूह को सहभागी रहेको थियो।
मातृ-शिशु स्वास्थ्यका महत्वपूर्ण पक्षहरूमा जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक देउडा गीत प्रतियोगिताको आयोजना गरिएको र ग्रामीण भेगमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरियको कार्यक्रम संयोजक सबिता शाहीले बताईन।
कार्यक्रममा सहभागी समूहहरूले सुत्केरी सेवा, पोषण, नियमित खोप, स्तनपान, सरसफाइ तथा शिशु रोगहरूबाट बच्ने उपाय जस्ता विषयवस्तुमा आधारित सन्देशमूलक देउडा गीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए।
सबै टिमलाई पुरस्कार संगै सम्मान गरिएको थियो।
प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय, शिक्षक,युवा क्लब, महिला समूह लगायतको उत्साहजनक उपस्थिति थियो।