१८४ मेट्रिम टन स्याउ बोकेका २३ ट्रक बाटाेमै अलपत्र

  • नमस्ते कर्णाली

  • १७, भदौ २०८२

    जुम्ला । अविरल वर्षापछि आएको भिषण ढुंगा सहितको पहिरोले कर्णाली राजमार्ग तीन दिनदेखी पूर्ण रुपमा अबरुद्व छ । भदौ १४ गते विहान ९ः४५ बजेदेखी कर्णाली राजमार्ग अन्तर्गतको गगने खोलामा भएको अबरुद्व अझै खुलेको छै न् । तीनदेखि सडक पूर्ण रुपमा अबरुद्व हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन् । गगने खोलामा ठुला ठुला ढुंगा आएको र ब्रेकरले पनि ढुंगा फुटाउन सम्भव नभएपछि ब्लाष्टिङ गर्ने तयारी भईरहेको छ ।

    सडक अबरुद्व भएपछि जुम्लाबाट स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् । तीनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौं रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ । विगतको तुलनामा यश वर्ष ढिला गुल्कोजको मात्र भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाध रुपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जोखिम बढ्ने कृषि विज्ञहरु बताउँछन् ।

    सिमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेर्कड अनुसार भदौ १४ गतेदेखि १६ गते विहान सम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् । नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार भदौ १४ गते ८ वटा, भदौ १५ गते ११ वटा ट्रक र भदौ १६ गते ४ वटा गरि जम्मा २३ वटा ट्रकले बोकेर लिएको बोकेर गएको असई शर्माले जानकारी दिए ।

    तीनदिन देखी सडक अबरुद्ध भएपछि झण्डै १३ करोड बरारबको स्याउ बाटोमै थन्कीएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनका अनुसार प्रति ट्रकटले ६ देखी ९ मेट्रिकटन (औसतमा ८ मे.टन) स्याउ लिएका छन् ।

    यस हिसाबले २३ ट्रकमा गएको १३ करोड बराबरको १८४ मेट्रिकटन स्याउ बाटोमै थन्कीएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । हिसान र व्यापारीको हितका लागि सडक चाडो भन्दा चाडो खुल्नु पर्नेमा उनले जोड दिए ।

  • १७ भाद्र २०८२, मंगलवार ०७:१८ प्रकाशित

  • Nabintech