कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रारमा जुम्लाका लक्ष्मीचन्द्र महत नियुक्त

  • नमस्ते कर्णाली

  • २०, भदौ २०८२
    जुम्ला। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिक्त रजिष्ट्रार पदमा जुम्लाका लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्। महत जुम्लाको चन्दननाथ नगरपालिका -१० बाेहाेरा गाउँका बासिन्दा हुन्।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्त गरेका हुन्।

    प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो । उनी विद्यावारिधि शोधार्थी हुन् ।नवनियुक्त रजिस्ट्रार महत कर्णालीकै वौद्धिक, शालीन र अनुभवी व्यक्तिका रुपमा प्रख्यात मानिन्छन्।

  • २० भाद्र २०८२, शुक्रबार ०८:०९ प्रकाशित

  • Nabintech