२१, भदौ २०८२
बाँके ।।इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५००औँ जन्मजयन्ती शुक्रबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। बाँकेलगायतका जिल्लामा ¥याली, सभा र धार्मिक कार्यक्रमहरू आयोजना गरिएका छन्।
पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का शहरमा भएको थियो। हिजरी संवत् उनको जन्मपछि ५३ वर्षमा सुरु भएको हो भने हाल हिजरी संवत् १५०० चलिरहेको छ। मुस्लिम समुदायको विश्वासअनुसार पवित्र कुरान मोहम्मदमाथि मक्कामै अवतरित भएको थियो। त्यसपछि मक्का र मदिना इस्लाम धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल बनेका हुन्।
यस अवसरमा संघीय सरकारले सामुदायिक बिदा दिएको छ भने बाँकेका नरैनापुर, जानकी, डुडुवा र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन्। नेपालगन्जमा आयोजित र्यालीमा सहभागी हुँदै पूर्वमन्त्री तथा जसपा केन्द्रीय महामन्त्री मोहम्मद इस्तियाक राईले पैगम्बर मोहम्मदको योगदान स्मरण गर्दै सद्भावपूर्ण ढंगले ‘मोहम्मद डे’ मनाउन सबैलाई आग्रह गरेका छन्।











