हिमा -५ मा भालुको आक्रमणमा परि दुई जना घाइते : एक जनाकाे अवस्था गम्भीर

  • नमस्ते कर्णाली

  • ५, असोज २०८२

    जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा भालुकाे आक्रमण बाट दुई जना घाइते भएका छन् । हिमा गाउँपालिका –५ बाझगाडको भित्र बन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमण बाट दाट जना घाइते भएका हुन् ।

    भालुकाे आक्रमणमा परि हिमा -५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीया गणेश राेकाया सामान्य घाइते भएको स्थानिय बासी दलबिर रोकायाले दिगाे पाेष्ट लाई जानकारी दिए । उनका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचार पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको बताए ।

    अहिले गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको राेकायाकाे भनाइ छ । स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो । आक्रमणको क्रममा गाई गोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन्।

    घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेकाे भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

  • ५ आश्विन २०८२, आईतवार १०:४२ प्रकाशित

  • Nabintech