सुर्खेतमा सवारी दुर्घटना : १७ जना घाइते, जुम्लाका पाँचसहित विभिन्न जिल्लाका यात्रु प्रभावित

  • नमस्ते कर्णाली

  • १२, असोज २०८२

    सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगर नगरपालिका–११, ठुलो ब्युरेनि नजिक रत्न राजमार्गमा आइतबार दुर्घटनाग्रस्त भएको हो । गाडी अनियन्त्रित भई सडक किनारमा पल्टिँदा चालकसहित विभिन्न जिल्लाका यात्रु घाइते भएका हुन् ।

    घाइतेमध्ये पाँच जना जुम्लाका रहेका छन् भने अन्य सुर्खेत, दैलेख, कालिकोट र मुगुका यात्रु छन् । उनीहरूलाई तत्काल उद्धार गरी सुर्खेतस्थित देउती नर्सिङ होम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको विवरण यसप्रकार छः

    • चालक हरी मल्ल (३८, बराहताल–४, सुर्खेत), कम्मरमा चोट, अवस्था मध्यम
    • दिपेन्द्र दमाई (१८, चन्दननाथ–१, जुम्ला), बाँया हातमा चोट, अवस्था सामान्य
    • महेन्द्र शाही (२८, सिंजा–५, जुम्ला), बाहिरी चोटपटक छैन
    • लालबहादुर शाही (३८, वीरेन्द्रनगर–३, सुर्खेत), बाँया गालामा चोट
    • लक्ष्मी कठायत (२७, स्थायी ठेगाना अज्ञात), बाहिरी चोटपटक छैन
    • नरेश शाही (३८, वीरेन्द्रनगर–११, सुर्खेत), नाकमा चोट
    • पर्शुराम घर्ती मगर (३५, लेकबेशी–६, सुर्खेत), बाँया कुँधामा चोट
    • शम्सेर खड्का (२३, दुल्लु–६, दैलेख), बाहिरी चोटपटक छैन

    देउती नर्सिङ होममा उपचाररतः

    • लक्ष्मण कार्की (३०, दुल्लु–११, दैलेख), टाउकोमा चोट
    • राज्य लक्ष्मी हमाल (२४, सिंजा–३, जुम्ला), दुबै हातखुट्टामा चोट
    • गणेश योगी (२६, दुल्लु–१०, दैलेख), दुबै हातमा चोट
    • रोशन बिक (२२, पचालझरना–३, कालिकोट), घाँटीमा चोट
    • ऐन रोकाया (२२, सिंजा–४, जुम्ला), छातीमा चोट
    • रक्षा धिताल (१६, वीरेन्द्रनगर–१, सुर्खेत), दुबै हातमा चोट
    • विष्णु शाही (२२, वीरेन्द्रनगर–५, सुर्खेत), टाउको, हात र खुट्टामा चोट
    • दिनेश शाही (३२, सोरु–९, मुगु), छाती र टाउकोमा चोट
    • श्री परियार (२१, चन्दननाथ–१, जुम्ला), कम्मर र हातमा चोट

    सर्वसाधारणको भीडभाड हुने रत्न राजमार्ग क्षेत्रमा गाडी अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गम्भीर घाइते नभए पनि केहीको उपचार जारी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ आश्विन २०८२, आईतवार ०८:४१ प्रकाशित

  • Nabintech