सल्यानमा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • १२, असोज २०८२
    सल्यान । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा भएको गाडी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।
    रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।


    दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए ।

  • १२ आश्विन २०८२, आईतवार ०९:०१ प्रकाशित

  • Nabintech