कोहलपुर नगरपालिका वडा नं ३ को कार्यालय भवन उद्घाटन

  • नमस्ते कर्णाली

  • कोहलपुर नगरपालिका वडा न ं३ को नव निर्मित वडा कार्यालय तथा आधारभुत स्वस्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ ।
    भवनको बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कोहलपुरका सबै वडाहरुले केही महिनाभित्रै आफ्नै भवनबाट सेवा सुरु गर्ने दाबी गर्नु भएको हो ।
    नव निर्मित वडा कार्यालय शभा हल सहित ५ कोठा पार्क,नाली निमार्ण , माटो पटान गरी कूल ६५ लाख र आधारभुत स्वस्थ्य सेवा केन्द्रको भवन २८ लाख लागतमा निमार्ण कार्य सम्पन्न गरिएको कोहलपुर नगरपालिकाले जानकारी दिएको छ ।

    वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति मेयर (एल्बी) रावतले भौतिक निमार्णको चरण तिब्रताका साथ संचालन गरिएको दावि गर्नुभएको छ । रावतले आफ्नो कार्यकालमा समृद्ध नगर निमार्णमा नै केन्द्रित रहेको दावि गर्नु भयो । संघियताको मर्म अनुसरण गर्दै १५ वटै वडाहरुमा वडा कार्यालय स्वास्थ्य कार्यालय खाने पानी विद्यालयका भौतिक निमार्णको चरण तिब्रताका साथ सम्पन्न गरिएको बताउनु भएको छ ।
    ‘हामी निर्वाचित भएर आएपछि कोहलपुरमा थुप्रै विकास निर्माणका काम अगाडि बढेका छन्,’ उहाँले भन्नु भयो । ‘हामीले गरेका कामहरु फिल्डमा गएर हेर्दा पनि थाहा हुन्छ ।’ भवन उद्घाटन समारोहमा बोल्दै वडा नम्बर–३ का अध्यक्ष माधव रिजालले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा भएको भन्दै आफ्नै भवनबाट वडा कार्यालयले सेवा सुरु गरेको बतानु भयो ।
    कार्यक्रममा मौलिक सांस्कृतिक नितृ समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा कार्यापालिका सदस्य वडा अध्यक्ष स्थानीय समाजसेवि राजनितिक दलका प्रतिनिधि स्थानीय कलाकार वडाका जनताहरुको बाग्लो सहभागिता रहेको थियो ।

  • १६ मंसिर २०७८, बिहीबार १२:४१ प्रकाशित

  • Nabintech