एमयूलाई सामाजिक मन्त्रालयको ४ करोड अनुदान

  • नमस्ते कर्णाली

  • २३, कार्तिक २०८२

    सुर्खेत ।कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालय (एमयू) बीच बजेट कार्यान्वयन सम्झौता भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयबाट मध्यपश्चिम इन्जिनियरिङ क्याम्पसका लागि ल्याब सामाग्री खरिद शीर्षकमा ४ करोड विनियोजन गरिएको थियो ।

    सो बजेट कार्यान्वयनका लागि शुक्रबार मन्त्रालय र विश्वविद्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतामा मन्त्रालयका तर्फबाट मन्त्री घनश्याम भण्डारी र सचिव धोलकराज ढकालले हस्ताक्षर गरेका छन भने विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिस्ट्रार प्रा. डा. शोभाकर कँडेल र इन्जिनियरिङ डिन डा. राजन सुवालले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि र प्रयोगात्मक अध्ययनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

  • २४ कार्तिक २०८२, आईतवार ०७:२२ प्रकाशित

  • Nabintech