६, मंसिर २०८२
सुर्खेत ।निवृत्त निजामती कर्मचारी, साहित्यकार तथा लेखक उमालाल आचार्यको ‘मृत्यु वर्णन’ कविता संग्रह विमोचन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमवीच विमोचन गरिएको हो । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बासुदेव पाण्डे र लेखकका जेठा बुवा राम प्रसाद आचार्यले संयुक्त रुपमा विमोचन गरेका थिए । मप विश्वविद्यालयका उपप्राध्यापक पाण्डेको प्रमुख आतिथ्यता एवं वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेश भक्त गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा समालोचक डा. महेन्द्र मल्ल, राम प्रसाद आचार्य, महेन्द्र प्रसाद गिरी, डा. दिपक गौतम, ध्रुव कुमार श्रेष्ठ, राधिका आचार्यको आतिथ्यता रहेका थिए । सोही अवसरमा मिनराज पन्तले कविता संग्रह मध्य चिसो खरानी पाठ गरेका थिए ।











