१८, पुस २०८२
सुर्खेत।आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को एकल नाम सिफारिस भएको छ । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका निवर्तमान प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको अग्रसरतामा प्रचण्डको एकल नाम सिफारिस भएको हो ।
शाही प्रचण्डका विश्वासपात्र हुन् । बिहिबार नेकपा कालिकोटका नेताहरुको छलफलबाट प्रचण्डलाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय भएको हो । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालिकोटबाट शाही पुनः चुनाव लड्ने चर्चाका बीच प्रचण्डको नाम सिफारिस भएको हो । शाही यहीँ क्षेत्रबाट २०७० मा दोस्रो संविधानसभा, २०७४ मा कर्णाली प्रदेशसभा र २०७९ मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।











