कोहलपुरमा साहित्यकार ढकालको ‘मुकुर´ भव्य रूपमा विमोचन

  • नमस्ते कर्णाली

  • २०, पुस २०८२
    बाँके । साहित्यकार बद्री ढकाल ‘ हिरामणी’को तेस्रो कृति ‘मुकुर ’ को विमोचन कार्यक्रम शनिबार कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ । चिसो सिरेटोलाई बेवास्ता गर्दै आयोजना गरिएको कार्यक्रममा साहित्यप्रेमी, आफन्तजन, मान्यजन तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
    हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता डा. पुष्कर रिजालले गर्नुभएको थियो भने प्राज्ञ महानन्द ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

    कार्यक्रममा प्राज्ञ शशीराम कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो । साथै, १००० चन्द्रमा दर्शन गरिसक्नु भएका पुज्यनीय आमाहरू खिमादेवी ढकाल र कोपिला गैरेको विशेष उपस्थितिले कार्यक्रमलाई थप भावुक र गरिमामय बनाएको थियो ।
    कार्यक्रममा देवकी निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने चन्द्रावती अधिकारीले खादा तथा माला अर्पण गर्नुभएको थियो । साहित्यकार सागर गैरेले कृतिकारको व्यक्तित्व चर्चा गर्नुभएको थियो । पुस्तकको समीक्षात्मक विश्लेषण डा. हरि प्रसाद तिमिल्सिना र उप–प्राध्यापक प्रमोद सुवेदीले गर्नुभएको थियो ।
    त्यसैगरी, पाठक प्रतिक्रियामा साहित्यकार जित बहादुर शाह, छविलाल खड्का र चन्द्र पंगालीले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको उद्घोषण केशव शाही ‘निमेष’ले गर्नुभएको थियो ।


    विमोचन कार्यक्रममा डा. ईन्द्र भण्डारी, डा. जगत तिमिल्सिना, किरण आचार्य, कल्पना पौडेल ‘जिज्ञासु’, चरित्रा शाह, भिमबहादुर शाही, नमिता बराल, रविबाबु प्रतिक्षा, खगेन्द्र गिरी, पूर्व प्रदेश कृषि मन्त्री आरती पौडेल, सन्तोषी विष्ट, इश्वरी रिजाल ‘उल्कापात’, डा. राजकुमार थारू, भेषराज गैरे, भारतीय साहित्यकार शायर शारिक रब्बानी, डा. विष्णु केसी, कथाकार सुमित्रा न्यौपाने, गजलकार कपिल अञ्जान, गुरू शिवलाल पाण्डे, ऋषि सापकोटा, बलराम भट्टराई, सूर्य रोकाया, पत्रकार विपी अधिकारीलगायत थुप्रै साहित्यकार तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।


    कार्यक्रममा कृतिकारका परिवारजन—धर्मपत्नी राधिका गैरे, दिदी–भिनाजु, दाजु–भाउजु, भाइ–बुहारीसहित—तथा त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ४ का विद्यार्थीहरूले प्रस्तुत गरेको सुमधुर गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रम स्थल कोहलपुर पार्टी प्यालेसमा आयोजित थियो भने पुस्तकको आवरण कलाकार त्रिजल झा तथा कभर प्रतिक्रियाकर्ता वरिष्ठ साहित्यकार डा. कपिल लामिछानेको पनि उपस्थिति रहेको थियो ।
    कार्यक्रममा दर्ता भएका ७३ जना सहभागी तथा आउने–जाने गरी करिब १०० जनाभन्दा बढी साहित्यप्रेमीको उपस्थितिमा ‘मुकुर (Speculum)’ को विमोचन सम्पन्न भएको हो । पुस्तक खरिद गरी पढ्ने पाठकप्रति कृतिकारले विशेष आभार व्यक्त गर्नुभएको छ ।


    कार्यक्रमका क्रममा कसैलाई असुविधा परेको भए क्षमायाचना गर्दै आगामी दिनमा अझ परिस्कृत कार्यक्रम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
    कार्यक्रमको अन्त्यमा कृतिकार ढकालले पुस्तक विमोचन सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दै साहित्यप्रतिको यात्रामा निरन्तर साथ र हौसला अपेक्षा गर्नुभएको छ।

  • २० पुष २०८२, आईतवार ०८:५० प्रकाशित

  • Nabintech