अहिलेको चुनाव रुकुमबाटै लड्छु : प्रचण्ड

  • नमस्ते कर्णाली

  • २७, पुस २०८२

    रुकुम ।नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने उद्घोष गरेका छन् । शनिबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वि रुकुमबाट चुनावले लड्ने करिव निश्चित बनेको दावी गरे ।

    ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु, यही रुकुम हो भन्ने नठान्नु होला,’ उनले भने, पूर्वि रुकुममा आउने करिव निश्चित भएको छ । म पूर्वि रुकुम आउने भनेको पश्चिम रुकुम नै आउने हो ।’ प्रचण्डले विकास र जनताका अपेक्षा पुरा गर्न आफु रुकुम पूर्व आउन लागेको दावी गरे ।

    तत्कालिन माओवादी केन्द्रका उपमहासचिव र हालका प्रगतिशिल लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दशन शर्माको गृह जिल्लासमेत रहेको रुकुम पश्चिममा प्रचण्डले जनार्दनलाई भगौडाको संज्ञा दिए । उनले कम्यूनिष्ट आन्दोलनबाट पलायन भएर सिद्धान्त र नेतृत्वबाट विचलित भएका जनार्दनका कारण रुकुम पश्चिमका जनताले निराश हुनुपर्ने अवस्था नरहेको दावीसमेत गरे ।

    ‘सामाज्यवादी र प्रतिक्रियावादीहरुले विचलित बनाए कम्यूनिष्ट आन्दोलन र माक्सवाद छोड्ने ठाउँमा पुगेका तपाईका कारण जनता र क्रान्तिकारीलाई केही फरक पर्दैन । पहिले प्रभाकर थियो र प्रचण्डलाई ल्याउथ्यो, अब प्रचण्ड आउछ कि आउँदैन भन्ने होइन, अब म सधैं आउछु, प्रभाकरकै कारण पार्टी हेडक्वाटरसँग सम्बन्ध टुट्छ भन्ने नठान्नु होला,’ सम्बोधनका क्रममा प्रचण्डले भने ।

  • २७ पुष २०८२, आईतवार १३:१५ प्रकाशित

  • Nabintech