दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

  • नमस्ते कर्णाली

  • २, माघ २०८२
    दाङ ।एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताउनुभएको छ ।
    दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताउनुभयो ।
    महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भन्नुभयो, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।” लोकतन्त्र, शान्ति सुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताउनुभयो ।
    उहाँले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्बाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताउनुभयो ।

  • ३ माघ २०८२, शुक्रबार १४:३० प्रकाशित

  • Nabintech