२, माघ २०८२
बाँके ।बाँकेमा चालू आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म आठ जना आमाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षका पहिलो छ महिनामै मातृ मृत्युको यो तथ्यांक सार्वजनिक हुनु चिन्ताको विषय बनेको छ । मृत्यु हुने सबै महिलाले सुत्केरीका क्रममा वा त्यसपछि अस्पतालमै उपचार गराइरहेकै अवस्थामा ज्यान गुमाएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ५ जना, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकामा १/१ जनाको मातृ मृत्यु भएको हो । तीमध्ये भेरी अस्पताल नेपालगन्जमा ७ जना र सञ्जीवनी अस्पतालमा १ जनाको मृत्यु भएको तथ्यांक छ । चिकित्सकहरूका अनुसार अधिकांश केसमा गर्भावस्थामै जटिलता बढिसकेपछि मात्र स्वास्थ्य संस्थामा ल्याइने भएकाले ज्यान जोगाउन कठिन भएको हो ।
भेरी अस्पतालका चिकित्सकहरू भन्छन्, “धेरैजसो गर्भवती महिला अत्यधिक रक्तस्राव, उच्च रक्तचाप, संक्रमण वा गम्भीर एनिमियाको अवस्थामा आइपुग्छन् । समयमै नियमित गर्भजाँच भएको भए यस्तो अवस्था आउनै नपर्ने धेरै उदाहरण छन् ।” अस्पतालमा आइपुग्दा अवस्था अत्यन्तै नाजुक भइसकेकाले सबै प्रयास गर्दा पनि आमाको ज्यान जोगाउन नसकिएको उनीहरूको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द गर्भजाँचप्रति लापरवाही नै मातृ मृत्युदर घटाउन सबैभन्दा ठूलो चुनौती बनेको बताउनुहुन्छ । “धेरै महिलाले गर्भ चेक गराउँदैनन्, आइरन चक्की नियमित खाँदैनन्, आवश्यक खोपसमेत लगाउँदैनन्,” उहाँले भन्नुभयो, “पहिलो पटक गर्भ चेक गराउन आएलगत्तै सुत्केरी नहुन्जेलसम्म निगरानी गर्ने व्यवस्था भए मातृ मृत्यु धेरै हदसम्म घटाउन सकिन्छ ।”
तर व्यवहारिक रूपमा समस्या गहिरो रहेको उहाँको भनाइ छ । “गर्भवती भएको छ÷सात महिनासम्म पनि स्वास्थ्य संस्थामा नआउने अवस्था छ,” चन्द भन्छन्, “अन्तिम अवस्थामा ल्याउँदा हामी निरीह जस्तै बन्नुपरेको छ ।” उहाँका अनुसार कतिपय महिलाले घरमै सुत्केरी गराउने सोच राख्ने, धामीझाँक्री वा घरेलु उपचारमै भर पर्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमध्ये अधिकांश मधेशी तथा मुस्लिम समुदायका महिलाहरू रहेका छन् । यसले सामाजिक, आर्थिक र सांस्कृतिक कारणले मातृ स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको संकेत गर्छ । स्वास्थ्यकर्मीहरू भन्छन्, गरिबी, अशिक्षा, महिला स्वास्थ्यप्रति निर्णय गर्न नपाउने अवस्था र स्वास्थ्य संस्थाप्रतिको अविश्वासले जोखिम अझ बढाएको छ ।
पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा बाँकेमा मातृ मृत्युको अवस्था सुधारोन्मुख देखिन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १७ जना आमाले ज्यान गुमाएका थिए भने २०८१/०८२ मा १६ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षको छ महिनामै ८ जनाको मृत्यु भइसकेकाले यही गति कायम रहे वर्षको अन्त्यसम्म संख्या झनै बढ्न सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुखहरूले मातृ मृत्यु न्यूनीकरणका लागि समुदायस्तरमै चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा लैजाने, नियमित गर्भजाँच गराउने, पोषणयुक्त खाना र आइरन चक्की सेवन गर्ने, सुत्केरीका लागि अनिवार्य रूपमा स्वास्थ्य संस्थाको सेवा लिने विषयमा परिवार र समुदायलाई जिम्मेवार बनाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।
यसैगरी, स्थानीय तहले गर्भवती महिलाको पहिचान गरी नियमित अनुगमन गर्ने, जोखिममा रहेका गर्भवतीलाई समयमै रेफर गर्ने र सुरक्षित सुत्केरी सेवा सहज बनाउनेतर्फ थप सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याइएको छ । समयमै ध्यान नदिने हो भने मातृ मृत्युको यो क्रम रोकिने भन्दा पनि बढ्ने खतरा रहेको स्वास्थ्य विज्ञहरूको चेतावनी छ । बढ्दै मातृ मृत्यु, बाँकेमा छ महिनामै ८ आमाको ज्यान गयो
सरला सुवेदी
१, माघ २०८२
बाँके ।बाँकेमा चालू आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म आठ जना आमाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षका पहिलो छ महिनामै मातृ मृत्युको यो तथ्यांक सार्वजनिक हुनु चिन्ताको विषय बनेको छ । मृत्यु हुने सबै महिलाले सुत्केरीका क्रममा वा त्यसपछि अस्पतालमै उपचार गराइरहेकै अवस्थामा ज्यान गुमाएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ५ जना, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिकामा १/१ जनाको मातृ मृत्यु भएको हो । तीमध्ये भेरी अस्पताल नेपालगन्जमा ७ जना र सञ्जीवनी अस्पतालमा १ जनाको मृत्यु भएको तथ्यांक छ । चिकित्सकहरूका अनुसार अधिकांश केसमा गर्भावस्थामै जटिलता बढिसकेपछि मात्र स्वास्थ्य संस्थामा ल्याइने भएकाले ज्यान जोगाउन कठिन भएको हो ।
भेरी अस्पतालका चिकित्सकहरू भन्छन्, “धेरैजसो गर्भवती महिला अत्यधिक रक्तस्राव, उच्च रक्तचाप, संक्रमण वा गम्भीर एनिमियाको अवस्थामा आइपुग्छन् । समयमै नियमित गर्भजाँच भएको भए यस्तो अवस्था आउनै नपर्ने धेरै उदाहरण छन् ।” अस्पतालमा आइपुग्दा अवस्था अत्यन्तै नाजुक भइसकेकाले सबै प्रयास गर्दा पनि आमाको ज्यान जोगाउन नसकिएको उनीहरूको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द गर्भजाँचप्रति लापरवाही नै मातृ मृत्युदर घटाउन सबैभन्दा ठूलो चुनौती बनेको बताउनुहुन्छ । “धेरै महिलाले गर्भ चेक गराउँदैनन्, आइरन चक्की नियमित खाँदैनन्, आवश्यक खोपसमेत लगाउँदैनन्,” उहाँले भन्नुभयो, “पहिलो पटक गर्भ चेक गराउन आएलगत्तै सुत्केरी नहुन्जेलसम्म निगरानी गर्ने व्यवस्था भए मातृ मृत्यु धेरै हदसम्म घटाउन सकिन्छ ।”
तर व्यवहारिक रूपमा समस्या गहिरो रहेको उहाँको भनाइ छ । “गर्भवती भएको छ÷सात महिनासम्म पनि स्वास्थ्य संस्थामा नआउने अवस्था छ,” चन्द भन्छन्, “अन्तिम अवस्थामा ल्याउँदा हामी निरीह जस्तै बन्नुपरेको छ ।” उहाँका अनुसार कतिपय महिलाले घरमै सुत्केरी गराउने सोच राख्ने, धामीझाँक्री वा घरेलु उपचारमै भर पर्ने प्रवृत्ति अझै हट्न सकेको छैन ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमध्ये अधिकांश मधेशी तथा मुस्लिम समुदायका महिलाहरू रहेका छन् । यसले सामाजिक, आर्थिक र सांस्कृतिक कारणले मातृ स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको संकेत गर्छ । स्वास्थ्यकर्मीहरू भन्छन्, गरिबी, अशिक्षा, महिला स्वास्थ्यप्रति निर्णय गर्न नपाउने अवस्था र स्वास्थ्य संस्थाप्रतिको अविश्वासले जोखिम अझ बढाएको छ ।
पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा बाँकेमा मातृ मृत्युको अवस्था सुधारोन्मुख देखिन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १७ जना आमाले ज्यान गुमाएका थिए भने २०८१/०८२ मा १६ जनाको मृत्यु भएको थियो । चालू आर्थिक वर्षको छ महिनामै ८ जनाको मृत्यु भइसकेकाले यही गति कायम रहे वर्षको अन्त्यसम्म संख्या झनै बढ्न सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुखहरूले मातृ मृत्यु न्यूनीकरणका लागि समुदायस्तरमै चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा लैजाने, नियमित गर्भजाँच गराउने, पोषणयुक्त खाना र आइरन चक्की सेवन गर्ने, सुत्केरीका लागि अनिवार्य रूपमा स्वास्थ्य संस्थाको सेवा लिने विषयमा परिवार र समुदायलाई जिम्मेवार बनाउनु आवश्यक रहेको उनीहरूको भनाइ छ ।
यसैगरी, स्थानीय तहले गर्भवती महिलाको पहिचान गरी नियमित अनुगमन गर्ने, जोखिममा रहेका गर्भवतीलाई समयमै रेफर गर्ने र सुरक्षित सुत्केरी सेवा सहज बनाउनेतर्फ थप सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याइएको छ । समयमै ध्यान नदिने हो भने मातृ मृत्युको यो क्रम रोकिने भन्दा पनि बढ्ने खतरा रहेको स्वास्थ्य विज्ञहरूको चेतावनी छ ।










