देशभर १६ आगलागीका घटना, सावधानी अपनाउन आग्रह

  • नमस्ते कर्णाली

  • १४, माघ २०८२
    काठमाडौं।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना भएका छन् । त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन् ।
    यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए ।

    यस्तै, विपदका कारण २५ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे ।
    अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ । प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे ।
    प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

  • १५ माघ २०८२, बुधबार ०७:४९ प्रकाशित

  • Nabintech