राजापुरमा चितुवा मृत फेला

  • नमस्ते कर्णाली

  • १८, माघ २०८२
    बर्दिया । बर्दियाको राजापुर नगरपालिका–४ स्थित डाँफे सामुदायिक वनमा शनिबार बिहान एक चितुवा मृत अवस्थामा फेला परेको छ । मृत फेला परेको चितुवा वयस्क पोथी रहेको सब डिभिजन वन कार्यालय, राजापुरले जनाएको छ ।
    सब डिभिजन वन कार्यालय राजापुरका फरेष्टर उदयलाल चौधरीका अनुसार चितुवाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । “चितुवा कसरी मरेको भन्ने विषयमा अहिले नै यकिन भन्न सकिने अवस्था छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै वास्तविक कारण थाहा हुन्छ,” उहाँले भन्नुभयो ।
    वन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षयता वन्यजन्तुको आक्रमणमा परी ६ जना गम्भीर र ५ जना सामान्य घाइते भएका छन् । पछिल्लो समय मानव बस्ती नजिकै वन्यजन्तुको आवतजावत बढ्दै गएपछि यस्तो अवस्था सिर्जना भएको सरोकारवालाहरूको भनाइ छ ।
    स्थानीयवासीहरूले वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, चेतनामूलक कार्यक्रम र दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन् । वन कार्यालयले समेत घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै आवश्यक कदम चालिने जनाएको छ ।

  • १९ माघ २०८२, आईतवार ११:०९ प्रकाशित

  • Nabintech