बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ

  • नमस्ते कर्णाली

  • बाँके ,१९ माघ ।

    निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ ।
    निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ ।
    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताउनुभयो । उहाँले आचारसंहिताविपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिनुभयो ।
    “हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा हामीले काम गरिरहेका छौँ”, निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत खत्रीले भन्नुभयो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लामा आग्रह गरेको छ ।
    निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रुपमा तोकेको छ । अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागू भएको छ ।
    [01/02, 6:25 pm] saralasubedi89: सोमबारदेखि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगिता हुने
    १८, माघ २०८२
    लुम्बिनी । सोमबारदेखि प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिङ्क लुम्बिनी प्रदेश स्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता हुने भएको छ ।

    लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा पहिलो पटक टाइटल स्पोन्सर राखेर छनोट प्रतियोगिता हुन लागेको हो । भैरहवाको सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ ।
    आयोजकले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टिम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए । उनका अनुसार रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम प्रतियोगितामा सहभागी हुनेछन् ।
    संघका अध्यक्ष विनय राजभण्डारीले नेपाल क्रिकेट सङ्घको सहयोगमा हुने प्रतियोगितामा पहिलोपटक प्रायोजकहरूको साथ लिएर छनोट खेललाई थप व्यवस्थित बनाइएको जनाए । उ
    नेपाल क्रिकेट संघका पूर्वकार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विगतमा लुम्बिनी प्रदेश मुलुककै क्रिकेटमा अब्बल सावित रहे पनि पछिल्लो समय विभिन्न उपाधि जित्नबाट चुकिरहेको जनाए । उनले यसपटक राम्रो मैदानमा छनोट खेल हुन लागेको, प्रशिक्षण र सुविधा समेत राम्रो रहेकाले प्रधानमन्त्री कप जित्ने विश्वास व्यक्त गरे ।
    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले हरेक दिन संघका कार्यक्रमहरू र प्रतियोगितालाई व्यवस्थित गरिएको जनाए ।
    टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिङ्क उत्पादक कम्पनी एग्रो थाई फूड्सका प्रबन्धक रामबहादुर क्षेत्रीले हरेक खेलकुदलाई उकास्न कम्पनीले सहयोग गरिरहेको जनाए । उनले यसपटक पनि प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमै आयोजना गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
    छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । यसपटक प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौँ र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौँले प्रयोजन गरेका छन् । पत्रकार सम्मेलनमा जर्सी र ट्रफीसमेत सार्वजनिक गरिएको थियो ।
    यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।

  • २० माघ २०८२, सोमबार १७:३३ प्रकाशित

  • Nabintech