भिरबाट लडेर एक जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • २४, माघ २०८२
    बाजुरा।बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन् ।
    शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भीर घाइते भएका थिए ।

    उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

     

     

     

     

     

     

     

  • २५ माघ २०८२, शनिबार ११:१२ प्रकाशित

  • Nabintech