जुम्लाका चार पालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत

  • नमस्ते कर्णाली

  • काली बहादुर परियार

    जुम्ला ,२० चैत ।

    जुम्लाका चार वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ । हालै सार्वजनिक गरिएको सरुवा पत्रअनुसार विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई जिल्लाका स्थानीय तहमा खटाइएको हो ।

    सरुवा सूचीमा समावेश नाम अनुसार चन्द्रप्रसाद भुसाल, मिनराज थापा, हेमराज शर्मा लगायत अधिकृतहरूलाई जुम्लाका विभिन्न गाउँपालिकामा जिम्मेवारी दिइएको छ ।  हिमा गाउँपालिकामा जलन्धर भुषाल, तिला गाउँपालिकामा मिनराज थापा, पातारासी गाउँपालिकामा हेम शर्मा चापागाईं र सिंजा गाउँपालिकामा सुरेन्द्र सिंह प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएर आएका छन् ।

    सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गरिएको जनाइएको छ । मन्त्रालयले स्थानीय तहको प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको छ ।

    लामो समय देखि जुम्लाको तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन हुदा  कार्यसम्पादनमा समस्या देखिँदै आएको थियो । नयाँ जिम्मेवारी पाएका अधिकृतहरूले स्थानीय तहमा सेवा प्रवाह सुधार, सुशासन प्रवद्र्धन तथा विकास निर्माणका कामलाई गति दिने अपेक्षा गरिएको छ ।

  • २० चैत्र २०८२, शुक्रबार ०९:४१ प्रकाशित

  • Nabintech