नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

  • नमस्ते कर्णाली

  • ३०, चैत २०८२
    मुगु । मुगुको सोरु गाउँपालिका–४ रावलवडाँडा निवासी धन बहादुर मल्लको छोरा अन्दाजी १० बर्षीय आकाश मल्लको हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन ।
    मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।

    सोमबार दिउँसो करिब १२ बजेको समयमा बाख्रा छाडेर चारैजना नदीमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए । हाल बेपत्ताको शव खोजी भइरहेको छ ।

  • ३० चैत्र २०८२, सोमबार १८:१० प्रकाशित

  • Nabintech