हुम्लाको ताँजाकोट गाउपालिकाका नबनिर्वाचित अध्यक्ष जैसी द्धारा पदभार ग्रहण

  • नमस्ते कर्णाली

  • हुम्लाको ताँजाकोट गाउपालिकाका नबनिर्वाचित अध्यक्ष लालकेश जैसीले पदभार ग्रहण गर्नु भएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तह निार्वचमा गठबन्धनका साझा उम्बेदवारबाट निर्वाचित जैसीले आईतबार पदभार ग्रहण गर्नु भएको हो ।

    शुक्रबार मिमिकोटमा पद तथा गोपनियताको शपथ लिनुभएका जैसीले आइतबार पदभार ग्रहण गर्नु भएको हो । गाउपालिका अध्यक्ष जैसीले पदभार ग्रहण गरे लगत्तै गाउपालिकाकै मदानदेब आवसिय बिद्यालयलमा सशस्त द्धन्दकालमा सहित भएका परिवार,अनार्थ र बिपन्न परिवारका २० जना सदस्यहरुलाइ प्रत्यक आर्थिक बर्षमा बिधार्थी बालबालिका हरुलाइ छात्रबृद्धीको ब्यावस्था गर्ने निर्णय गर्नु भइको हो ।

    माओवादी केन्द्रबाट अध्यक्ष पदमा निर्वाचित जैसीले एक हजार ८ सय १० मत प्राप्त गरी बिजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गरी पारजित भएका थिए । अध्यक्ष जैसीले पदभार ग्रहण गरे लगत्तै गाउपालिकाको अबलोकन गर्नु भएको छ ।
    गाउपालिका अध्यक्ष जैसीले आफुले पदभार ग्रहण गरे लगत्तै गाउपालिका उपाध्यक्ष सुरेन्द्र थापा र ५ वटै वडाका वडा अध्यक्ष सहित वडा सदस्यहरुलाइ पद तथा गोपनियताको सफथ ग्रहण गराउनु भएको छ ।

     

  • ९ जेष्ठ २०७९, सोमबार १२:१७ प्रकाशित

  • Nabintech