चट्याङ लागेर एक जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • बाजुरा,२१ बैशाख ।
    बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको  छ ।
    मृत्युहुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिनुभएको छ ।
    उहाँका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

  • २१ बैशाख २०८३, सोमबार १३:४० प्रकाशित

  • Nabintech