बैशाख ३० मुगु
मुगु जिल्लाको रारातालमा सुरु भएको छैठा रारा ट्रेलरनको उपाधी जुम्लाका दलबहादुर कुवंर र सुनमाया बुढाले हात पारेकाछन् । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका ७ जुम्ला का दल बहादुर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका २ किसुनमाया बुढाले रारा ट्रेलरनको उपाधी चुमेका हुन ।
रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले ६ बर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दैआइरहेको छ । यो बर्ष पनि नेपालि सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैठौ सस्करण १६किलिोमिटरमा महिला तर्फ ४९ र पुरुष ३ सय १२ जना र एक जना बिदेशी नागरिक सहित गरेर ३ सय ६१ जनाले सहभागिताजनाएका थिए ।
तिन सय सय ११ जना धावकलाई पछि पार्दै जुम्ला तातोपानी गाउँपालिका ७ का दल बहादुर कुवंर रारा ट्रेलरनको पहिलेबनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा १५ सेकेन्डमा पार गरे । जुम्ला कनकासुन्दरी गाउँपालिका ३ का युवकराज बुढा १ घण्टा १ मिनेट ९ सेकेण्ड दोस्रो र मुगुको छायाँनाथ रारा नगरपालिका –१४ बाम गाउँका अक्कल बढुवालले १घण्टा ३ मिनेट ५५ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

Screenshot
महिला तर्फका ४९ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासि गाउँपालिका २ कि सुन माया बुढा प्रथम भइन् । उनले १६किलोमीटर दुरि निर्धारित १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गरि प्रथम भईन् । जुम्ला पातारासी गाउँपालिका– २ कि राममामया बुढाले १ घण्टा १५ मिनेट १ सेकेण्ड द्वितीय र डोल्पा जिल्ला त्रिभुवन आर्मी कि सुनसरी रोकाया १ घण्टा १७ मिनेट २८सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् । ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेताखेलाडीहरुलाई जनही क्रमशः ५० हजार,३० हजार,२० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ ।
रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देशफैलाइरहेको छ ।त्यसैले कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल राराको पर्यटन पर्वधन संगै खेलाडि उत्पादनको लागिनेपाली सेनाले हरेक बर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्ने गरेको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खड्ग बहादुरश्रेष्ठ बताए ।










