एमयूको उपकुलपतीको जिम्मेवारी पौडेललाई

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१ जेठ ।

    मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक डा. नारायणप्रसाद पौडेललाई दिइएको छ । सरकारले अध्यादेश जारी गरेपछि रिक्त रहेको पदमा उनलाई अस्थायी रूपमा जिम्मेवारी दिइएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थायी पदपूर्ति नभएसम्म विश्वविद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक कामकाज सञ्चालन गर्ने जिम्मा पौडेललाई दिएको जनाएको छ ।  डा. पौडेल यसअघि विश्वविद्यालयको रजिस्ट्रारका रूपमा समेत कार्यरत रहिसकेका छन् । सरकारले अध्यादेशमार्फत पूर्व उपकुलपति प्राध्यापक डा. ध्रुवकुमार गौतमलाई पदमुक्त गरेपछि उक्त पद खाली भएको थियो ।  नयाँ जिम्मेवारीसँगै विश्वविद्यालयको प्रशासनिक गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

  • १ जेष्ठ २०८३, शुक्रबार ०७:३१ प्रकाशित

  • Nabintech