मुगुको ‘प्रथम छायाँनाथ अल्ट्रा रेसमा धिरबहादुर र सुनमायाले जिते

  • सनत हमाल

  • मुगु — धार्मिक तथा पर्यटकीय महत्व बोकेको छायाँनाथ क्षेत्रमा मुगुम कार्मारोङ गाउँपालिका को आयोजना तथा अल नेपालस्पोर्ट्स फाउन्डेसनको सहकार्यमा सम्पन्नप्रथम छायाँनाथ अल्ट्रा रेसमा पुरुषतर्फ धिरबहादुर बुढा महिलातर्फ सुनमायाबुढा प्रथम भयका छन।

    आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला ४६ पुरुष गरी कुल ५८जना धावक सहभागी भएका थिए धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भएर छायाँनाथ, चिताइकुनाहुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो


    पुरुषतर्फ
    धिरबहादुर बुढाले घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो दलबहादुरकुँवर घण्टा मिनेट १० सेकेन्डमा दोस्रो तथा चन्द्रबहादुर रावत घण्टा मिनेटमा तेस्रो हुनुभयो अर्जुन कुलुङ राई चौथोतथा रमेश लिम्बु पाँचौँ स्थानमा रहनुभयो

    महिलातर्फ सुनमाया बुढाले घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गर्नुभयो राममाया बुढा दोस्रोतथा कल्पना बुढा तेस्रो हुनुभयो सम्जेदा बुढा चौथो निर्मला राई पाँचौँ स्थानमा रहनुभएको गाउँपालिकाका सूचनाअधिकारी सोबिन्द्र मल्लले जानकारी दिनुभयो

    आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए प्रतियोगितामा दुई जनाएलिट, पाँच जना इन्टरमिडिएट, नौ जना एड्भान्स तथा सात जना एक्सप्लोर वर्गका धावकको सहभागिता रहेको थियो

    अल नेपाल स्पोर्ट्स फाउन्डेसन का संजय अधिकारीका अनुसार नेपालका प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शनगरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्लारारा तथा रारा ट्रेल रनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा विजयी खेलाडीहरू समेत प्रतियोगितामासहभागी भएका थिए प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघ ले गरेको थियो

    मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीकोफन रनपनि सोमबार सञ्चालन गरिने आयोजकले जनाएको प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो

    आयोजकका अनुसार सोमबार विजेताहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ महिला तथा पुरुषतर्फप्रथम हुनेले जनही दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँहुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्

    त्यसैगरी पाँच किलोमिटरफन रनतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कारप्रदान गरिनेछ

    गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रियगन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो उहाँले यस्ता कार्यक्रमले स्थानीयसंस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो

    प्रतियोगिताले छायाँनाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनमहत्वपूर्ण भूमिका खेल्नेस्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताउनुभयो

  • ३ जेष्ठ २०८३, आईतवार १५:५४ प्रकाशित

  • Nabintech