महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम

  • नमस्ते कर्णाली

  • बाँके ,२० बाँके ।
    महिलाहरुको लागि महिनावारी झोला (फ्रीडम कीट व्याग) बनाउने तालिम नेपालगन्जमा मङ्गलबार देखि शुरु भएको छ । सामाजिक बिकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सो तालिम शुरु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० का किशोरी तथा महिलाहरुका लागि सो तालिम आयोजना गरिएको हो । सेनेटरी प्याडको बिकल्पको रुपमा कपडाको प्याद बनाउने तालिम आयोजना गरिएको सो संस्थाले जनाएको छ ।
    संस्थाकि अध्यक्ष रमादेबी शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० कि सदस्य बिना थापा मगरको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको छ । सहसचिव शोभा थापा मगरले कार्यक्रम संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष कमला वलिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी थापाले सिपमुलक तालिमबाट सीप बिकास हुने आशा व्यक्त गरिन् । गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेको उक्त तालिम ७ दिनसम्म संचालन हुनेछ । तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिनेछन् । तालिममा २० जना सहभागी हुनेछन् ।

  • २० जेष्ठ २०८३, बुधबार १२:०१ प्रकाशित

  • Nabintech